लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

टर्कीमा ‘असफल सैन्य 'कू' प्रयासमा संलग्न’ ७ हजार कर्मचारी बर्खास्त

शनिबार, ३१ आषाढ, २०७४ मा प्रकाशित,

काठमाडौं, असार ३१ । टर्कीमा गतवर्षको असफल सैन्य 'कू' प्रयासको एकवर्ष हुनुअघि विभिन्न क्षेत्रका ७ हजारभन्दा बढी कर्मचारीलाई बर्खास्त गरिएको छ ।

यसरी बर्खास्तीमा पर्नेहरुमा प्रहरी, मन्त्रालयका कर्मचारी, शैक्षिक क्षेत्रसँग आबद्ध कर्मचारीलगायत रहेका छन् ।

यो कारबाही मुलुकको सुरक्षा कमजोर पार्ने काम गरिरहेका चरमपन्थी संगठनको सदस्यविरुद्ध चालिएको कदम भएको सरकारी दाबी छ । 'कू'प्रयासमा संलग्न रहेको भन्दै सुरक्षाकर्मीलगायत विभिन्न क्षेत्रका कर्मचारी गरी २ लाखभन्दा बढीलाई यसअघि नै बर्खास्त गरिसकिएको छ ।

गतवर्षको जुलाइ -१६ मा भएको असफल सैन्य 'कू'मा २ सय ५० भन्दा बढीको मृत्यु भएको थियो भने करिब २२ सय घाइते भएका थिए । 

विरोधीहरुले भने शुद्धीकरणको बहानामा राष्ट्रपति रिसेप तैयप अर्दोगानले राजनीतिक विरोधीहरुलाई कमजोर बनाउने प्रयास गरेको आरोप लगाएका छन् ।

सैन्य 'कू'मा मुस्लिम धर्मगुरु फतेउल्लाह गुलेनको संलग्नता रहेको सरकारी आरोप छ । तर, अमेरिकामा रहेका गुलेनले आरोप अस्वीकार गर्दै आएका छन् । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework