लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

बेलायती प्रधानमन्त्री मेद्वारा रुसले ‘साइबर जासूसी’ गरिरहेको आरोप

मंगलबार, २८ कार्तिक, २०७४ मा प्रकाशित,

लन्डन, कात्तिक २८ । बेलायतकी प्रधानमन्त्री टेरिजा मेले मस्कोले अरु मुलुकका चुनावमा हस्तक्षेप गरेको र साइबर जासूसी गरिरहेको आरोप लगाएकी छन् ।

राजधानी लन्डनमा उद्योगी व्यवसायीको भेलालाई सम्बोधन गर्दै उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सरकारले खुला समाजलाई कमजोर बनाउन खोजेको बताइन् ।

बेलायती प्रधानमन्त्री मे ले रुसका सम्बन्धमा हालसम्मकै कडा टिप्पणी गर्दै रुसले पश्चिमा जगतमा फूट ल्याउन झूठा समाचार फैलाएको उनको तर्क थियो । तर, रुससँग बेलायतले निरन्तरको मुठभेड नचाहे पनि मुलुकको स्वार्थको संरक्षण गर्ने मे ले स्पष्ट पारिन् ।

चुनावमा रुसी हस्तक्षेपको विषयमा बेलायती प्रधानमन्त्री मे को टिप्पणी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भन्दा फरक छ । विधिसम्मत रुपमा चलेमात्र रुस पश्चिमा राष्ट्रको महत्वपूर्ण साझेदार बन्न सक्ने बेलायती प्रधानमन्त्रीले बताइन् ।

बेलायती विदेशमन्त्री बोरिस जोन्सन अर्को महिना रुस भ्रमणमा जाँदै छन् । एजेन्सी

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework