लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

ट्रम्प–चिनफिङ टेलिफोन वार्ता, तनाब बढाउने व्यवहार नगर्न चीनको आग्रह

शनिबार, २८ साउन, २०७४ मा प्रकाशित, 6163 पटक हेरिएको

काठमाडौं, साउन २८ । चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिका र उत्तर कोरियालाई तनाब बढाउने व्यवहार नगर्न आग्रह गरेका छन् ।

अमेरिका र उत्तर कोरियाबीच ‘शित युद्ध’ चुलिएका बेला चिनियाँ राष्ट्रपतिले शनिबार (आज) यस्तो आग्रह गरेका हुन् ।

आफ्ना समकक्षी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग टेलिफोन कुराकानी गरी स्थिति भड्काउने व्यवहार रोक्न सम्बन्धित सबै सरोकारवाला पक्षलाई आग्रह गरेको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।

दुई नेताबीच उत्तर कोरियाको समस्या शान्तिपूर्ण रुपमा समाधान हुनेमा विश्वास लिएको ह्वाइट हाउसले जनाएको छ । उत्तर कोरियाको एकमात्र बलियो सहयागी चीनले संयमता अपनाउन लगातार आग्रह गरिरहेको छ ।

ह्वाइट हाउसले विज्ञप्ति जारी गरी अमेरिका र चीन, उत्तर कोरियाले उत्तेजित बनाउने व्यवहार रोक्नुपर्नेमा सहमत भएको जनाएको छ । गत जुलाईमा दुई ओटा अन्तरमहादेशीय क्षेप्यास्त्र परिक्षण गरेपछि उत्तर कोरिया र अन्तर्राष्ट्रिय समुदायबीच तनाब बढेको छ ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथिका प्रतिबन्ध बढाउने निर्णय गरेपछि उत्तर कोरिया थप आक्रोशित बनेकोे छ ।

उत्तर कोरियाले केही दिनभित्रै प्रशान्त महासागरस्थित अमेरिकी टापु गुआममा क्षेप्यास्त्र प्रहार गर्ने योजना सार्वजनिक गरेपछि जवाफमा अमेरिकाले विनाशको बाटो नरोज्न उत्तर कोरियालाई चेतावनी दिएको छ । (एजेन्सी)

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework