लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

‘उत्तर कोरियाको मिसाइलले चुनौती नदिएसम्म खसाल्नु जरुरी छैन’

बुधबार, २७ पुष, २०७३ मा प्रकाशित, 10393 पटक हेरिएको

काठमाडौं, पुस २७ । अमेरिकी रक्षामन्त्री एस चार्टरले उत्तर कोरियाको मिसाइलले चुनौती नदिएसम्म यसलाई खसाल्नु जरुरी नभएको बताएका छन् ।

उनले अमेरिकी सेनाले मिसाइललाई अवरोध सिर्जना गर्नभन्दा सूचना संकलन गर्न चाहेको बताए ।

राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले ‘उत्तर कोरियाली मिसाइलले अमेरिकासम्म मार हान्ने आफूलाई विश्वास नलागेको’ बताएपछि रक्षामन्त्री चार्टरको यस्तो भनाइ सार्वजनिक भएको हो ।

तर, ट्रम्पले उत्तरको योजनालाई कसरी रोक्ने भन्ने केही खुलाएका छैनन् ।

उत्तर कोरियाली शासक किम जोङ उनले नयाँवर्षको सन्देशमा लामो दूरीको अन्तरमहाद्विपीय मिसाइल विकास गरिरहेको दाबी गरेका थिए । (एजेन्सी)

Loading...

प्रतिक्रिया

भर्खरै...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.