लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
sagoon new
Gold & Diamond

बान कि मुन दक्षिण कोरियाली राष्ट्रपतिमा दोस्रो स्थानमा : सर्वेक्षण

बिहीबार, २८ पुष, २०७३ मा प्रकाशित, 8721 पटक हेरिएको

सोल (दक्षिण कोरिया), पुस २८ । संयुक्त राष्ट्रसंघको महासचिवकारुपमा दुई कार्यकाल पूरा गरी दक्षिण कोरिया फर्कन लागेका बान कि मुनलाई यहाँको राष्ट्रपतिको सम्भावित दोस्रो उम्मेदवारकोरुपमा देखाएको छ ।

राष्ट्रसंघ प्रमुखकारुपमा दोस्रो पाँच वर्षे कार्यकाल पूरा गरी यही जनवरीमा बिदा लिएका बान विहीबार दक्षिण कोरिया आउँदैछन् ।

यसै हप्ता स्थानीय मत सर्वेक्षण संस्था ‘रियलमिटर’ले सोमबारदेखि बुधबारसम्म गरेको सर्वेक्षण परिणामअनुसार उनलाई २०.३ प्रतिशत मत प्राप्त भएको देखाइएको छ ।

मत सर्वेक्षणमा एक हजार ५११ कोरियाली नागरिक सहभागी भएकोमा यहाँको सबैभन्दा ठूलो प्रतिपक्षी दल मिन्जो पार्टीका पूर्वप्रमुखले २७.९ प्रतिशत प्राप्त गरेको सर्वेक्षणमा देखाइएको छ ।

मिन्जो पार्टीका पूर्वप्रमुख मन जाइइनलाई एक हप्तापहिले गरिएको सर्वेक्षणमा भन्दा १.१ पतिशत मत बढी आएको छ ।

त्यसैगरी, तेस्रो स्थानमा पनि मिन्जो पार्टीका लि जाई म्युङले ११.३ प्रतिशत मत पाएका छन् । यो उनलाई यसअघि आएको मतभन्दा ०.७ प्रतिशत कमी हो । रासस/सिन्ह्वा

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.