लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

आप्रबासी सवार पानीजहाजमा हेलिकोप्टरबाट गोली हानी ३१ जनाको हत्या

शुक्रबार, ४ चैत, २०७३ मा प्रकाशित, 47077 पटक हेरिएको

काठमाडौं, चैत ४ । यमनमा आप्रबासीहरु चढेको पानीजहाजमा अज्ञात समूहले हेलिकोप्टरबाट गोली प्रहार गरी शुक्रबार ३१ जनाको हत्या गरेको छ ।

यमनबाट सुडानतर्फ जाँदै गरेको पानीजहाजमा अधिकांश सोमालियाका आप्रबासीहरु रहेको जनाइएको छ ।

यमनको बाब अल मानदेब क्षेत्रमा पुगेको पानीजहाजमा हेलिकोप्टरबाट गोली प्रहार गरिएको हो ।

मारिनको अधिकांश महिला र बालबालिका छन् ।

आक्रमणपछि ८० जनालाई जीवितै उद्धार गरिएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । घटनाको जिम्मेवारी कसैले लिएको छैन । (एजेन्सी)

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.