लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

फ्रान्समा सुरक्षाकर्मीको हतियार खोस्नेलाई गोली हानी मारियो

शनिबार, ५ चैत, २०७३ मा प्रकाशित, 26717 पटक हेरिएको

काठमाडौं, चैत ५ । फ्रान्सको राजधानी प्यारिसस्थित ओर्ले विमानस्थलमा शनिबार सुरक्षाकर्मीको हतियार खोस्न खोज्ने एक व्यक्तिलाई गोनी हानी मारिएको छ ।

विमानस्थलको दक्षिणी टर्मिनलमा हतियार खोसेर भागेका उनलाई सुरक्षाकर्मीले पक्राउ गर्न खोज्दा कारबाहीमा मारिएका हुन् । घटनामा अरु कोही घाइते भएका छैनन् ।

घटना अत्यन्तै गम्भीर भन्दै विमास्थलका केही भाग खाली गराइएको छ । बम डिस्पोजल विज्ञहरुले सुरक्षा जाँच गरेका छन् । हतियार खोस्ने व्यक्तिको उद्देश्य थाहा हुन सकेको छैन ।

ओर्ले, प्यारिसको दोस्रो ठूलो विमानस्थल हो । गत महिनामात्र प्यारिसको लुभ्र संग्राहलयमा सुरक्षाकर्मीलाई एकजना व्यक्तिले चक्कु प्रहार गरेका थिए । (एजेन्सी)

Loading...

प्रतिक्रिया

भर्खरै...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.