लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

चीन भ्रमण गर्न चाहन्छन् अमेरिकी राष्ट्रपति ट्रम्प

आइतबार, ६ चैत, २०७३ मा प्रकाशित, 3840 पटक हेरिएको

काठमाडौं, चैत ६ । अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको सम्बन्ध अगाडि बढाउन चाहेको बताएका छन् ।

बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटमा टिलर्सनले राष्ट्रपति ट्रम्पले चीन भ्रमण गर्ने इच्छा राखेको जानकारी दिए ।

चिनियाँ राष्ट्रपति सीले दुई मुलुकबीच रचनात्मक विकासको नयाँ अध्याय सुरु हुने विश्वास राखेको बताए ।

दुई मुलुकबीचको सम्बन्ध मित्रतामामात्र टिक्नसक्ने टिलर्सनको भनाइमा चिनियाँ राष्ट्रपतिले पनि सहमति जनाए ।

दुई नेताबीच उत्तर कोरियाको आणविक र मिसाइल कार्यक्रम, ताइवानलगायतका विषयमा भने कुराकानी नभएको बताइएको छ ।

चीनले उत्तरको आणविक हतियार विकासमा नियन्त्रण गर्ने भूमिका खेल्नुपर्ने वासिंगटनको चाहना छ । (एजेन्सी)

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.