लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

उत्तर कोरिया हिँडेको बाटोमा इरान पनि हिँड्ने सामर्थ्य राख्छ : अमेरिका

बिहीबार, ७ बैशाख, २०७४ मा प्रकाशित, 30031 पटक हेरिएको

काठमाडौं, वैशाख ७ । अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले मध्यपूर्वलाई अस्थिरतातर्फ धकेल्न इरानले उक्साहटपूर्ण व्यवहार प्रदर्शन गरेको आरोप लगाएका छन् ।

मध्यपूर्वमा अमेरिकी चासोलाई इरानले अवमूल्यन गरेको उनको भनाइ थियो ।

एक विज्ञप्तिमार्फत् अमेरिकी विदेशमन्त्री टिलर्सनले उत्तर कोरिया हिँडेको बाटोमा अनियन्त्रित इरान पनि हिँड्ने सामर्थ्य राख्ने टिप्पणी गरे ।

इरानले आतंक र हिंसा निर्यात गरेको र एकै समयमा एकभन्दा बढी मुलुकलाई अस्थिर बनाइरहेको टिलर्सनको जिकिर थियो ।

उनले सिरियाको संघर्षमा इरान संलग्न रहेको र राष्ट्रपति बशर अल असदलाई सहयोग गरेकोमासमेत आलोचना गरे ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको आणविक सम्झौताको समीक्षा गर्न आदेश दिइसकेका छन् । यद्यपि, तेहेरानले सन् २०१५ को उक्त सम्झौता मानिरहेको अमेरिकाले स्वीकार गरेको छ ।

आणविक हतियार विकास गरिरहेको पश्चिमाहरुको आरोप भने इरानले अस्वीकार गर्दै आएको छ । (एजेन्सी)

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.