लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

पाकिस्तानी प्रधानमन्त्री सरिफविरुद्धको भ्रष्टाचार आरोपमा विस्तृत् जाँच गर्न आदेश

बिहीबार, ७ बैशाख, २०७४ मा प्रकाशित, 9614 पटक हेरिएको

काठमाडौं, वैशाख ७ । पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री नवाज सरिफलाई पदबाट हटाउनुपर्ने भ्रष्टाचारमा मुछिएको प्रमाण फेलानपरेको फैसला गरेको छ ।

अदालतले बिहीबार उनीविरुद्ध लागेको भ्रष्टाचारको आरोपमा भने संयुक्त जाँचबुझ टोलीबाट अनुसन्धान गर्न पनि आदेश दिएको छ ।

सन् २०१५ को बहुचर्चित ‘पनामा पेपर लिक्स्’कान्डमा सरिफको परिवार पनि मुछिएको थियो ।

पनामा लिक्स् मामिलामा प्रधानमन्त्री सरिफ र उनका परिवारको विदेशमा रहेको खाता र व्यापारको विषयमा प्रश्न उठेको थियो ।

उनका चार छोराछोरीमध्ये तीनजना यस कान्डमा जोडिएका थिए । सरिफ र उनको परिवारले भने आरोप अस्वीकार गरेका छन् । (एजेन्सी)

Loading...

प्रतिक्रिया

भर्खरै...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.