लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

पाकिस्तानको जेलमा रहेका भारतीय जासुसको मृत्युदन्डमाथि अन्तर्राष्ट्रिय अदालतको रोक

बिहीबार, ४ जेष्ठ, २०७४ मा प्रकाशित, 9079 पटक हेरिएको

काठमाडौं, जेठ ४ । नेदरल्यान्डस्को द हेगस्थित अन्तर्राष्ट्रिय अदालतले पाकिस्तानको कारागारमा रहेका भारतीय जासुस कुलभूषण सुधीर जाधवको मृत्युदन्डको सजायमाथि रोक लगाएको छ ।

अदालतले कुलभूषणको मुद्दामा अन्तिम नतिजा नआएसम्म उनलाई मृत्युदन्ड नदिन आदेश जारी गरेको हो ।

पाकिस्तानको सैन्य अदालतले जासुसीको आरोपमा जाधवलाई मृत्युदन्डको सजाय सुनाएको थियो । भारतले भने जाधव इरानबाट अपहरणमा परेको दाबी गरेको छ ।

भारतीय नौसेनाका पूर्वअधिकारी जाधव एक वर्षदेखि पाकिस्तानको कारागारमा छन् । जाधवले मृत्युदन्ड रोक्न अन्तर्राष्ट्रिय अदालत गुहारेका थिए ।

उनी भारतीय गुप्तचर एजेन्सी ‘रअ’को एजेन्ट रहेको पाकिस्तानको दाबी छ । सन् २०१६ को मार्च ३ मा जाधवलाई पाकिस्तानको बलुचिस्तानमा पक्राउ गरिएको थियो ।

सरकारी निर्देशनमा विध्वंशकारी गतिविधिमा उनी संलग्न भएको आरोप पूरै तथ्यहीन रहेको भारतको दाबी रहेको छ । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework