लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

कतारले अमेरिकासँग १२ बिलियन डलरको ‘एफ १५’ फाइटर विमान खरिद गर्ने सम्झौता

बिहीबार, १ आषाढ, २०७४ मा प्रकाशित, 45067 पटक हेरिएको

काठमाडौं, असार १ । कतारले अमेरिकासँग १२ बिलियन डलरको ‘एफ १५’ फाइटर विमान खरिद गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।

अमेरिकी रक्षामन्त्री जिम म्याटिस र उनका कतारी समकक्षीबीच बुधबार वासिङटनमा विमान खरिद गर्ने वार्तापछि सम्झौतामा हस्ताक्षर भएको हो ।

यो सम्झौतालाई कतारी अधिकारीहरुले अमेरिका आफूहरुको साथ रहेको र यसमा आफूहरुलाई कुनै शंका नरहेको बताएका छन् ।

एक साताअघिमात्र अमेरिकाले कतारको छिमेकी साउदी अरबसँग सय बिलियन डलरको हतियार बिक्री गर्ने सम्झौता गरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारले उच्च तहबाट आतंकवादलाई सहयोग गरेको आरोप लगाएको दोस्रो दिन नै कतारले अमेरिकी युद्धक विमान खरिद गर्न सम्झौता गरेको हो ।

कतारले आतंकवादलाई सहयोग गरेर क्षेत्रीय अस्थिरता बढाएको आरोप लगाउँदै साउदी अरबसहित ९ ओटा मुलुकले दोहासँगको कूटनीतिक सम्बन्ध तोडेका छन् ।

मध्यपूर्वमा अमेरिकाको सबैभन्दा ठूलो सैन्यवेस कतारमा छ । उक्त वेसमा अमेरिकाका १० हजार सेना छन् । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework