लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

कतार नसच्चिए वर्षौं एक्लिनुपर्छ : युएई

सोमबार, ५ आषाढ, २०७४ मा प्रकाशित,

पेरिस, असार ५ । कतारले आफ्नो गल्ती सच्चाएर अघि नबढ्ने हो भने खाडीमुलुकसँगको कूटनीतिक सम्बन्धविच्छेद लामो समयसम्म कायम रहने युनाइटेड अरब इमिरेट्स (युएई)ले सोमबार जनाएको छ ।

खाडीमुलुक कतारले आतंकवादी गतिविधि सन्चालन गर्दै आएको इस्लामिक अतिवादी जिहादी समूहलाई सहयोग पुर्‍याएको आरोप लगाउँदै युएईका विदेशमन्त्री अनवार गारगासले पेरिसमा सन्चारकर्मीसँग भने–‘हामी कतारविरुद्धको कूटनीतिक सम्बन्धविच्छेदलाई लम्बाउनेमात्र होइन, सो मुलुकलाई एक्लाउन चाहन्छौं ।’

उनले कतारले अतिवादी इस्लामिक समूहको साथ छोड्नुपर्ने बताए ।

‘वर्तमान समस्याको समाधान कतारको हातमा रहेको र यदि दोहाले अन्य खाडीमुलुकसँगको सम्बन्धमा सुधार ल्याउन चाहन्छ भने उसको जिहादी समूहसँगको शंकास्पद गतिविधिलाई सचाएर आउनुपर्छ’–उनले थपे । रासस/एएफपी

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework