लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

‘जनताले मुलुकको रक्षा गरे’

आइतबार, १ साउन, २०७४ मा प्रकाशित, 1846 पटक हेरिएको

काठमाडौं, साउन १ । टर्कीका राष्ट्रपति रचेप तैयप अर्दोगानले गत वर्ष भएको असफल सत्ताकब्जाको प्रयासलाई विफल बनाएर टर्कीका जनताले मुलुकको रक्षा गरेको बताएका छन् ।

इस्तानबुलमा आयोजित र्‍यालीलाई सम्बोधन गर्दै अर्दोगानले सेनाको एक टोलीले गत वर्षको जुलाई १५ मा गरेको ‘कू’को असफल प्रयासपछिका सबै कारबाही जायज र उपयुक्त रहेको जिकिर गरे ।

अस्त्रहीन निहत्था नागरिकको मुलुकलाई बचाउने आत्मविश्वासले नै कू विफल बनाउन सकिएको तर्क पनि उनको थियो ।

सत्ताकब्जामा संलग्न रहेकालाई मृत्युदन्ड दिनु जायज भएको भन्दै उनले तिनीहरु सबैले ग्वान्तानामो बन्दीगृहका कैदीलेजस्तै कपडा पहिरिनुपर्ने जिकिर पनि गरे ।

असफल कूकाक्रममा त्यहाँ २५० भन्दा बढी मानिस मारिएका थिए भने दुई हजार १९६ जना घाइते भएका थिए ।

विरोधीहरुले भने शुद्धीकरणको बहानामा अर्दोगानले विपक्षीलाई कमजोर बनाउने प्रयास गरेको आरोप लगाएका छन् ।

अर्दोगानको स्वेच्छाचारिताको विरोध गर्ने हजारौंलाई धरपकड गरिएको र बेपत्ता बनाइएको मानवअधिकारवादी संस्थाहरुले जनाएका छन् ।

गत वर्षको उक्त घटनामा मुस्लिम धर्मगुरु फतेउल्लाह गुलेनको संलग्नता रहेको दाबी सरकारको भएपनि अमेरिकामा रहेका गुलेनले भने आरोप अस्वीकार गरेका छन् । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework