लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अमेरिकी राष्ट्रपतिद्वारा विदेशमन्त्री टिलर्सनलाई पदबाट हटाएको घोषणा

मंगलबार, २९ फागुन, २०७४ मा प्रकाशित,

वासिङ्टन, फागुन २९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनलाई पदबाट हटाइएको घोषणा गरेका छन् ।

राष्ट्रपति ट्रम्पले अमेरिकी कूटनीतिज्ञ तथा विदेशमन्त्रीकारूपमा टिलर्सनले गरेको कार्यका लागि धन्यवाद दिँदै उनको स्थानमा अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सीआइए)का प्रमुख माइक पोम्पेओलाई नियुक्त गरिने ट्वीटर सन्देशमार्फत् जानकारी गराएका छन् ।

‘विदेशमन्त्रीकारूपमा गरेको योगदानका लागि रेक्स टिलर्सनलाई धन्यवाद’–ट्रम्पले आफ्नो ट्वीटमा लेखेका छन् ।

अमेरिकी इतिहासमा नै सीआइए प्रमुखको जिम्मेवारी गिना हास्पेललाई दिइएको राष्ट्रपति ट्रम्पले सन्देशमा उल्लेख गरेका छन् । उनी अमेरिकी इतिहासमा सीआइए प्रमुखको जिम्मेवारी सम्हाल्ने पहिलो महिला हुने भएकी छन् ।

टिलर्सनको उत्तराधिकारीकारूपमा सीआइएका निर्देशक माइक पोम्पेओ छिट्टै अमेरिकी विदेशमन्त्री बन्नेछन् ।

टिलर्सनसँग काम गर्ने सिलसिलामा वैचारिक भिन्नता देखिएकोले उनलाई विदेशमन्त्री बनाइराख्न सम्भव नभएको अमेरिकी राष्ट्रपति ट्रम्पले सन्चारकर्मीसँग बताए ।

ट्रम्पले भने–‘इरान आणविक सम्झौतामा मेरो विचार सकारात्मक छैन । तर, टिलर्सनले यसलाई ठीक भन्नुहुन्छ, कि सम्झौता भंग गर्नुपर्ने कि त अन्य केही समाधान सोच्नुपर्ने मेरो विचार हो । तर, उहाँले केही फरक सोच्नुभयो । त्यसैले हामीले सहकार्य गर्न सकेनौं ।’ रासस/एएफपी

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework