लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अमेरिकाद्वारा अन्तर्राष्ट्रिय मूल्य–मान्यताको उल्लंघन गरेर सिरियामा आक्रमण : रुस

शनिबार, १ बैशाख, २०७५ मा प्रकाशित,

मस्को, वैशाख १ । अमेरिकाले अन्तर्राष्ट्रिय मूल्य–मान्यताको उल्लंघन गरेर सिरियामा आक्रमण गरेको रुसले आरोप लगाएको छ ।

फ्रान्स, बेलायतलगायतका देशको समर्थन र सहयोगमा अमेरिकाले सिरियामा बम हमला गरेपछि रुसले आपत्ति जनाउँदै यस्तो आरोप लगाएको हो ।

डुमा रक्षा समितिका प्रथम उपाध्यक्ष एलेक्सनदर सेरिनले अन्तर्राष्ट्रिय मूल्य–मान्यता र अधिकारलाई अमेरिकाले बेवास्ता गरेको शनिबार बताए ।

अर्का उपाध्यक्ष युरी शभयत्कीनले सिरियाविरुद्ध अकल्पनीय परिणाम ल्याउनेगरी आक्रमण भएको टिप्पणी गरे ।

फ्रान्स, बेलायत र अमेरिकाको अहिलेको संयुक्त आक्रमणले रुससँगको सकारात्मक सम्बन्ध बनाउन कुनै फाइदा नगर्ने उनको भनाइ छ ।

रुसको विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत् सिरियामा भएको आक्रमणको निन्दा गरेका छन् । रासस/सिन्ह्वा

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework