लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

क्यालिफोर्नियाको डढेलोबाट मृत्यु हुनेको संख्या ३१ पुग्यो, ४०० जना हराए

शुक्रबार, २७ असोज, २०७४ मा प्रकाशित,

सान फ्रान्सिस्को, असोज २७ । अमेरिकी राज्य क्यालिफोर्नियाको जंगलमा लागेको डढेलो बस्तीमा पसेपछि ठूलो जनधनको क्षति भएसँगै कम्तीमा पनि ३१ जनाको ज्यान गएको बताइएको छ ।

गएको आइतबार साँझबाट जंगलमा लागेको डढेलो पछि सहर बस्तीमा छिरेको थियो । अहिलेसम्म यो ७६ हजार हेक्टर जमीनमा डढेलो लागेको छ ।

यसअन्तर्गत जंगल, स्थानीय घर पसल तथा भवनका साथै, ठूलोमात्रामा क्यालिफोर्नियाको अंगुर खेती परेको छ । क्यालिफोर्नियालाई अंगुर र वाइनको सहर भनिन्छ ।

अधिकारीहरुले जनाएअनुसार यो डढेलोले स्थानीय नागरिकका घर तथा व्यापारिक भवनहरुगरी कम्तीमा पनि तीन हजार ५०० जलाएर खरानी बनाएको छ ।

गत आइतबार रातिदेखि लागेको भिषण डढेलोमा परी ज्यान जाने व्यक्तिको संख्या शुक्रबार बिहानसम्ममा ३१ पुगेको र अझै अरु कैयौँ व्यक्ति हराइरहेका बताइएको छ ।

डढेलो अहिले पनि पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले यसलाई क्यालिफोर्नियाको इतिहासमा नै प्राकृतिक प्रकोपबाट भएको यो सबैभन्दा ठूलो क्षति हो भनेका छन् ।

बिहीबार पनि आगो नियन्त्रणका लागि ठूलो प्रयास भएको तर हावा चलेको र आगोको लप्पकाहरुका साथै तुवाँलो, हावाले उडाएको खरानी र धुवाँका कारण उद्वारका साथै आगो निभाउने काम गर्न नसकिएको बताएका छन् ।

करिब आठ हजार जना अग्नि नियन्त्रकले काम गरिरहेका छन् । तर, आगो नियन्त्रणको काम अत्यन्तै कठिन भइरहेको छ– अधिकारीहरुले जनाएका छन् ।

उक्त राज्यको सोनोमा काउन्टी सबैभन्दा बढी प्रभावित भएको छ । उक्त काउन्टीमा मात्र २० जनाको ज्यान गएको छ । त्यसैगरी, सो जिल्लाबाट धेरै व्यक्ति हराएका छन् ।

डढेलोका कारण प्रभावित भएका कम्तीमा पनि ३० हजार जनालाई त्यहाँबाट अन्यत्रै सारिएको बताइएको छ । उनीहरुलाई सुरक्षित स्थानमा सारिएको उक्त राज्य सरकारले जनाएको छ ।

हजारौँ स्थानीय नागरिक घर छोडेर भाग्न बाध्य भएका छन् । करिब ३० हजार जना घरबारबिहीन भएका छन् ।

पछिल्लो जानाकारीअनुसार अहिलेसम्ममा करिब ४०० जना स्थानीय नागरिक हराइरहेका छन् । तर, अधिकारीहरुले हराउने मानिसको तथ्यांक यो भन्दा सानो पनि हुन सक्ने भनेका छन् ।

किनभने कतिपय स्थानका हराइरहेका भनी आएको स्थानीयको तथ्यांक दोहोरिएकोले हराइरहेका व्यक्तिको संख्या घट्न पनि सक्ने उनीहरुको भनाई छ । (रासस/एएफपी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework