लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

हुथी विद्रोहीबाट मुक्त रहन यमनलाई साउदी अरबको आग्रह

बुधबार, २० मंसिर, २०७४ मा प्रकाशित,

रियाद, मंसिर २० । साउदी अरबले इरानको सहयोग प्राप्त गरी आतङ्क मच्चाइरहेका हुथी विद्रोही लडाकूहरुबाट आफूलाई मुक्तगर्न यमनलाई आग्रह गरेको छ ।

                साउदी नरेशका साथ यमनका पूर्व राष्ट्रपति सालेह, यो तस्वीर सन् २००७ मा लिइएको हो । तस्वीर : एपी

यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहको हत्या हुथी विद्रोहीले गरेपछि पहिलोपटक साउदी अरेबियाले हुथीका विरुद्धमा यो अभिव्यक्ति दिएको हो । तर सालेहको हत्याको बारेमा भने साउदीले कुनै धारणा सार्वजनिक गरेको छैन ।

साउदी अरेबियाको मन्त्रिपरिषदले विज्ञप्ति जारी गरी इरानको सहयोग प्राप्त गरेर हुथीहरुले यमनमा विखण्डनकारी राजनीति गरेकोले उनीहरुबाट यमनलाई मुक्त गर्नुपर्ने बताएको हो ।

यसै हप्तामात्र यमनका पूर्व राष्ट्रपति सालेहको हत्या भएको छ । उनले यमनमा करिब ३३ बर्ष शासन चलाएका थिए । सालेहले सन् २०१४ पछि यमनी सिया हुथी विद्रोहीकै सहयोग लिएका थिए ।

सालेह सोमबार खावलान जिल्लाबाट साउदी अरब नेतृत्वको गठबन्धनको नियन्त्रणमा रहेको यमनको मारिव प्रान्ततर्फ भाग्ने क्रममा मारिएको बताइएको छ ।

पूर्व राष्ट्रपति सालेहले केही दिनमात्र अघि इरानको समर्थनमा रहेका हुथी विद्रोहीसँगको गठबन्धन अन्त्य भएको घोषणा गरेका थिए । तर उनले तिनै विद्रोहीको सहयोगमा यमनको राजधानी सानामा तीन वर्ष जति शासन सम्हालेका थिए । (रासस/एएफपी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework