१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


तनहुँमा पहिरोमा परि बेपत्ता भएका एकजनाको शव फेला


0
Shares

तनहुँ, असार ३० । तनहुँमा आइतबार राति गएको पहिरोमा परी बेपत्ता भएका थप एकजनाको शव भेटिएको छ ।

व्यास नगरपालिका–११ ओडारेका ५२ वर्षीय पदम बहादुर भुजेलको शव फेला परेको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

योसगै तनहुँमा पहिरोमा परी ज्यान गुमाउनेको संख्या ११ पुगेको छ ।

अर्का हराइरहेका व्यास–९ माझफाँटका २० वर्षीय राजेश थापाको खोजी भैरहेको प्रहरीले जनाएको छ ।