
प्रतीकात्मक ।
हेटौंडा, साउन ३ । मकवानपुरको भीमफेदी गाउँपालिका–८, रिट्ठेभीरमा वाग्मती नदीले बगाएर ल्याएको बेवारिसे शव फेलापरेको छ ।
अन्दाजी १२ वर्षकी एक बालिकाको शव फेलापरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
वाग्मती नदीमा भुमरीमा शव फेलापरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताउनुभयो ।
बालिकाको सनाखत हुनसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्