
काठमाडौं, साउन ४ । भारतमा चर्को विरोधका बावजुत अयोध्यामा राम मन्दिर निर्माण हुने भएको छ ।
श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टको बैठकले प्रधानमन्त्री नरेन्द्र मोदीको समय हेरेर आगामी अगस्टभित्र भूमि पूजाको मिति निश्चित गर्ने निर्णय गरेको हो ।
ट्रष्टले जुलाई २९ वा अगष्ट ५ मा भूमि पूजन हुनसक्ने जनाएको छ । भारतका बौद्धहरुले भने भारतको अयोध्या राम जन्मभूमि नभएको दावी गर्दे आएको छन् ।
अयोध्या प्राचीन बौद्धनगर साकेत भएको दाबी गर्दै उनीहरुले त्यहाँ हाल प्राप्त भएको प्राचीन पुरातात्विक बौद्ध सामग्री सार्वजनिक गर्न माग गरेका छन् ।
राम मन्दिर निर्माण गर्न जमिन सम्म पार्ने क्रममा त्यहाँ बौद्ध संस्कृतिसँग जोडिएको बुद्ध मूर्ति, अशोक धम्म चक्र, कमलफूल र अन्य पुरातात्विक बस्तु फेला परेको जनाइएको छ ।
अखिल भारतीय आजाद बौद्ध धम्म सेना संगठनले वर्तमान अयोध्यामा राम मन्दिर निर्माण कार्य रोकेर युनेस्कोलाई संलग्न गराई विवाद समाधान गर्न माग समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्