
धादिङ । भैँसी बचाउन जाँदा पहिरोले पुरिएर गए राति एक जनाको मृत्यु भएको छ ।
थाक्रे गाउँपालिका–६ रानीबारी कार्कीगाउँमा पहिरोमा पुर्दा ५४ वर्षीय सानुबाबु पन्थको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।
राति गोठमाथीबाट पहिरो झर्न लागेपछि भैँसी फुकाउन जाँदा गोठमा पहिरोले थिचेर पन्थको ज्यान गएको हो ।
पहिरोले पुरेर एउटा भैँसी, एउटा बाख्रासमेत मरेको स्थानीयवासी हरि थापाले बताउनुभयो । योसहित जिल्लामा बाढीपहिरोबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्