१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कैलालीमा सयौं घर डुबानमा, चारजना बेपत्ता


0
Shares

kailali flood

कैलाली, साउन १४ । कैलालीका विभिन्न नदीमा आएको बाढी बस्तीमा पसेपछि सयौं घर डुबानमा परेका छन् । चारजना बेपत्ता भएका छन् ।

जिल्लाको भजनी नगरपालिकाका फरक–फरक ठाउँमा चारजना बेपत्ता भएको कैलालीका सशस्त्र प्रहरी उपरीक्षक कमलप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

कान्द्रा, काडा र पथरैयालगायतका नदीमा पानीको बहाब बढेपछि भजनी, टीकापुर, लम्की र जोशीपुरका विभिन्न बस्ती डुबानमा परेका छन् ।

धनगढी उपमहानगरपालिका क्षेत्रमा रहेका खोला अतिक्रमणको चपेटामा परेका दर्जनौं घरमा पानी पसेको छ ।