
प्रतीकात्मक ।
डडेल्धुरा, साउन १७ । डडेल्धुरामा शनिबार माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
भीमदत्त राजमार्गअन्तर्गत् जिल्लाको आलिताल गाउँपालिका–१, घण्टेश्वर मन्दिरनजिक माइक्रोबस दुर्घटना भएको हो ।
धनगढीबाट बझाङतर्फ आउँदै गरेको माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते भएकोे जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।
घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
घाइतेहरुको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्