
काठमाडौं । मोरङमा थप २२ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ ।
कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा उनीहरूमा कोरोना पोजिटिभ देखिएको हो । संक्रमित सबै रंगेली नगरपालिकाका हुन् ।
२२ मध्ये १४ जना एकै परिवारका रहेका नगरपालिकाका प्रशासकीय अधिकृत टोमप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
एकैपटक २२ जनामा संक्रमण पुष्टि भएपछि नगरपालिकाले रंगेली बजार क्षेत्र अनिश्चितकालका लागि सिल गरेको छ ।
प्रतिक्रिया दिनुहोस्