१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


बिल नभएका सामग्रीसहित काठमाडौंबाट दुई भारतीय पक्राउ


0
Shares

काठमाडौं, भदौ १० । काठमाडौं महानगरपालिका-१४, सोल्टीमोडबाट बिल नभएका विभिन्न सामनसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत, राजस्थान, लक्ष्मणगढ घर भइ काठमाडौं, ओमबहाल बस्ने ३६ वर्षीय राकेशकुमार र भारत, राजस्थान, सिमर घर भएका ५२ वर्षीय वनवारी चौधरी रहेको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।

उनीहरुको साथबाट ११२ थान मोबाइल, ३२० पिस विभिन्न मोबाइल डिसप्ले, ५९३ थान विभिन्न ब्रान्डको ब्याट्री, १९ हजार ५०० थान घडीको ब्याट्री, छ हजारथान क्यालकुलेटर र पाँचथान मोबाइल डिसप्ले बोर्ड बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

गाई काटेको अभियोगमा पक्राउ
यता, काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-१३, चुनिखेल बस्ने शंखुवासभा, भोटखोला गाउँपालिका ३, हटिया घर भएका ३२ वर्षीय छेन्डुक भोटेलाई गाई काटेको अभियोगमा बुधबार प्रहरीले पक्राउ गरेको छ ।

चुनीखेलस्थित च्याने खोलामा छेन्डुकले गाई काटेर उक्त खोलामा फाल्नेक्रममा स्थानीयले फेलापारी प्रहरीलाई खबर गरेका थिए ।

त्यसपश्चात् महानरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको र घटनाको अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस