१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


तनहुँमा जिप दुर्घटना : २ जनाको मृत्यु, ६ घाइते


0
Shares

तनहुँ, भदौ २२ । तनहुँमा बलेरो जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा व्यास नगरपालिका ५ का ५५ वर्षीय राजकुमार श्रेष्ठ र जीप चालक म्याग्दे गाउँपालिका ७ का ३२ वर्षीय होम बहादुर श्रेष्ठ रहेका छन् ।

त्यस्तै जीपमा सवार अन्य ६ जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएकाहरुको दमौली र पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

चापाघाटबाट खाल्टेतर्फ जाँदै गरेको ग १ च ७१२८ नम्वरको बोलेरो जीप रिसिङ गाउँपालिका १ खाल्टेमा दुर्घटना भएको थियो ।

आठजना यात्रु सवार जीप सडकबाट ७० मीटर तल देउली खोलाको किनारामा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।