१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


लोकप्रिय गायक राजेशपायल र निलमको गीतमा सन्तोष र सलिनाको रोमान्स


39
Shares

काठमाडौं । लोकप्रिय गायक राजेशपायल र निलम रोजु राईको स्वर रहेको ‘पूर्वै शहर’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ ।

संगीतकार तथा गायिका निलमको संगीतमा रहेको गीतका शब्द शृजना आलोक चाम्लिङ राईका रहेका छन् ।

प्रवासमा बसेर आफ्नो जन्मभूमिलाई धेरै सम्झिने र घर गाउँ गइहालौं भन्ने इच्छा हुनेहरुको कथालाई जस्ताको त्यस्तै देखाइएको गीतको निर्देशन शन्त कुमार राईले गरेका हुन् ।

सरु राना गुरुङको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा सन्तोष राई र सलिना थापा मगरले अनस्क्रिन रोमान्स गरेका छन् ।

नेपालको याद मुटुभरि बोकेर परदेशी भूमिमा आफ्नो श्रम बेचिरहेको नेपालीहरुको कथा आफ्नो देश कला र संस्कृति र माटोको माया भएर पनि वर्षौंदेखि जन्मभूमी देखि पर रहेर बाच्नुपर्ने बाध्यता र देश प्रतिको मायालाई टपक्क टिपेर देखाइएको भिडियो बेलायतका मुख्य पर्यटकीयस्थलहरुमा छायांकन गरिएको हो ।

भिडियोको छायाङ्कन बेलायतमै बसेर लामो समयदेखि व्यवसायिक रुपमा फोटोग्राफी तथा भिडियोग्राफी साथै डिजाइनर समेत रहेका सुमन श्रेष्ठले गरेका हुन् ।

निर्देशक राई नेपालमा एक दशकभन्दा बढी समय रंगमञ्च, केहि टेलीशृंखल फिल्ममा काम गर्दागर्दै परिवारको साथ बेलायत पुगेर आफ्नो कर्ममा निरन्तर लागेका छन् ।

केही टेलीशृंखला समेत निर्देशन गरेका राईले पहिलो वाम्बुले भाषाको चलचित्र ढ्वाङ्कुमका निर्देशक समेत हुन् ।

भिडियो