
मेक्सिको सिटी, मंसिर २ । मेक्सिकोको पश्चिमी क्षेत्रस्थित टेपिक–गुआडालाजारा राजमार्गमा ट्यांकर विस्फोट हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।
नायारित राज्य प्रहरीले बिहानै भएको दुर्घटनाका कारण १४ जनाको ज्यान गएको जनाएको छ ।
प्रहरीकाअनुसार एलपीजी ग्यास बोकेको ट्यांकर अर्को सवारी–साधनसँग जुधेर सोमबार दुर्घटना भएको थियो ।
विस्फोटबाट करिब दुई हेक्टर जमिनमा क्षति पुगेको र अरु तीनओटा सवारी–साधनमा समेत क्षति पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस्