
काठमाडौं, पुस ९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनावमा आफूसँग प्रतिस्पर्धा गर्न चुनौती दिनुभएको छ ।
पार्टी केन्द्रीय कार्यसमितिको जारी बैठकका क्रममा केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै पौडेलले आफू केपी ओलीसँगै चुनाव लड्न तयार भएको बताउनुभयो ।
बुधबार एक टेलिभिजन कार्यक्रममा प्रधानमन्त्रीले पौडेललाई चुनाव जितेर सभापति बनेर देखाउन चुनौती दिनु भएको थियो ।
पत्रकारहरुले पौडेललाई केही समय अघि नेकपाका असन्तुष्ट पक्ष दाहाल–नेपालसँग भएको छलफलका विषयमा समेत जिज्ञासा राखेका थिए ।
राष्ट्रपति पदको अफर आएर दाहाल–नेपाल समूहसँग निकटता बढाउनुभएको हो भन्ने जिज्ञासामा नेता पौडेलले आफूलाई पदको लोभ भन्दा पनि सिद्धान्त महत्वपूर्ण भएको प्रतिकृया दिनुभयो ।
नेकपा विवादकै बीच पौडेलले पुष्पकमल दाहाल र माधव कुमार नेपालासँग भेटघाट गरेसँगै उहाँमाथी नेकपाका नेताहरुसँग पदीय बार्गेनिङ्ग गरेको आरोप लागिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्