
चितवन, पुस २२ । धार्मिक तीर्थस्थल देवघाटमा यस बर्ष माघे संक्रान्ति मेला नलाग्ने भएको छ ।
देवघाट क्षेत्र विकास समिति र तीन जिल्लाका सुरुक्षा निकायबीच भएको बैठकले मेला गर्न रोक लगाउने निर्णय गरेको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरले जानकारी दिनुभयो ।
नेपाल सहित भारतका विभिन्न ठाउँबाट ५ लाख भन्दाबढी भक्तजन आउने गरेको र उक्त भीडलाई व्यवस्थापन गर्न नसकिने भएकाले मेला भर्न रोक लगाइएको हो ।
स्नान गर्न आउने भक्तजनहरुलाई भने रोक लगाइएको छैन् ।
कोभिड १९ को संक्रमण कायमै रहेकाले घर वरपरका नदी तलाउमा स्नान गर्न आग्रह गरिएको तर स्नान गर्न आउनेहरुलाई रोक नलगाइएको घिमिरले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले स्नान गर्न आउने भक्तजनको सम्पूर्ण सुरक्षाको तयारी भइसकेको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्