
काठमाडौं, फागुन १६ । अस्मिता अधिकारी र राजेश राईको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।
पदम साधना कुलुङको शब्द, उर्गेनको संगीत तथा कमल सौरागको एरेञ्ज रहेको ‘छेपारो’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
गीतलाई जीवन बाबुले मिक्सिङ/मास्टरिङ गरेका हुन् । ‘द ट्यून्स क्रियशन’ युट्युव च्यानलमार्फत् रिलिज गरिएको ‘छेपारो’ गीतको भिडियोमा टिम कार्टून र बिम्बू मगर फिचर्ड छन् ।
टिम कार्टूनको निर्देशनमा तयार भएको भिडियोमा सुविन सी अधिकारी र राम घलेको कोरियोग्राफी रहेको छ ।
ज्ञानेन्द्र शर्मा हुमागाईंले छायाङ्कन गरेका गीतको भिडियोलाई ह्लाक्पा डी लामाले सम्पादन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्