१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सूचनाको हकको दुरुपयोगलाई रोक्नुपर्ने मन्त्री गुरुङको भनाइ


0
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सूचनाको हकको दुरुपयोगलाई रोक्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय सूचना आयोगले सोमबार काठमाडौंमा गरेको विभिन्न भाषाका सञ्चारकर्मीहरूसँग सुचनाको हकसम्बन्धी अन्र्तक्रियामा उहाँले नेपालमा गलत नियतबाट सूचनाको हक प्रयोग गरिएकाले दुरुपयोग रोक्नुपर्ने बताउनुभयो ।

सूचनाको हकका अभियन्ताहरूले नै सूचना लुकाउनाले समाजमा सही सूचना प्रवाह हुन नसकेको मन्त्री गुरुङको भनाइ छ ।

मन्त्री गुरुङले सञ्चारकर्मीहरुले पनि सकारात्मक भन्दा समाजमा अप्रिय घटना घटाउने खालका सूचना दिइ व्यक्तिको मानव अधिकारविपरित प्रयोग गर्ने गरेकाले त्यसको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

गुरुङले समाजलाई उत्तरदायी, जवाफदेही र जिम्मेवार बनाउन आयोगको भुमिका हुनुपर्ने बताउनुभयो ।