
काठमाडौं । विश्वका विभिन्न ५३ देशमा रहेका ६३ हजार ८ सय ५४ नेपालीमा कोरोना पुष्टि भएको छ ।
गैर आवासीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिको तथ्याङ्क अनुसार अहिलेसम्म ५३ देशमा रहेका ६३ हजार ८ सय ५४ जना नेपालीमा कोरोना सङ्क्रमण भएको छ भने २२ देशमा रहेका तीन सय ४५ जना नेपालीको कोरोनाबाट ज्यान गएको छ ।
समितिका अनुसार कोरोना सङ्क्रमणबाट गएको साता मात्रै थप ३ नेपालीको ज्यान गएको हो ।
गएको साता बेल्जियम, मलेसिया र यूएईमा रहेका नेपालीहरूमा थप कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिनुभयो ।
सङ्क्रमित ६३ हजार ८ सय ५४ जना मध्ये ६१ हजार ९ सय ८० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस्