
एजेन्सी । इजराइलको हवाई हमलामा परि प्यलेस्टाइनको गाजा क्षेत्रमा हिजो एकै दिन ४२ जना मारिएका छन् ।
प्यालेस्टाइनी अधिकारीहरुका अनुसार इजरायलबाट भएको लगातारको हवाई हमला तथा गोलावारीमा परि हिजो १० बालकालिका र १६ महिलासमेत ४२ सर्वसाधारण मारिएका हुन् ।
इजराइल र प्यालेस्टाइनबीच विगत एक हप्तादेखि चलिरहेको युद्धमा हिजोको दिन सबैभन्दा रक्तपातपूर्ण भएको गाजाका अधिकारीहरुको दावी छ ।
यो एक साताको अवधिमा प्यालेस्टाईनी लडाकुहरुबाट ३ हजार भन्दा बढि साना रकेटहरु प्रहार भएको इजरायली सेनाले जनाएको छ ।
इजरायलको पछिल्लो आक्रमणमा परि ज्यान गुमाउने प्यालेस्टाईनीको संख्या १ सय ८८ पुगेको छ । जसमध्ये ५५ जना बालबालिका रहेका छन् भने ३३ जना महिला छन् । यो अवधिमा १२ सय भन्दा बढी घाइते भएका छन् ।
यसैबिच संयुक्त राष्ट्रसंघले मध्यपूर्वको हिंसा नरोकिने हो भने यो क्षेत्रमा नियन्त्रण गनै नसकिने क्षती पुग्ने बताएको छ ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दुबै पक्षबाट भइरहेको हिंसा र आक्रमणहरु तत्काल बन्द गर्न अपिल समेत गर्नभएको छ ।
प्रतिक्रिया दिनुहोस्