१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


ओलीले देश बर्बाद पारे भन्नेहरू नै ओलीलाई निरन्तरता दिने बाटोमा छन्– कमल थापा


0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले केपी शर्मा ओलीले देश बर्बाद पारे भन्नेहरूले नै ओलीलाई निरन्तरता दिने बाटोमा भएको टिप्पणी गर्नुभएको छ ।

शुक्रबार ट्वीट गर्र्दै अध्यक्ष थापाले ओलीलाई विरोध गर्नेहरू नै सत्ताबाट हटाउन नचाहेको आरोप लगाउनुभयो ।

उहाँले भन्नभुयो, ‘चुनाव संकट समाधानको उपयुक्त विकल्प हो भन्दा ओलीको को पक्ष लियो भन्छन् । तर,ओलीले देश बर्बाद पारे भनेर विरोध गर्नेहरू नै ओलीलाई निरन्तरता दिने बाटोमा छन् ।’

अध्यक्ष थापाले संसद पुनःस्थापना भए पुनः केपी शर्मा ओली नै प्रधानमन्त्री हुने बताउनुभयो ।

उहाँले लेख्नुभयो, ‘चुनाव छाडेर अदालत जानेले बुझ्नुपर्छ, संसद पुनःस्थापना भएमा पुनःओली नै प्रम हुन्छन् । यो भविष्यवाणी होइन, संसदीय गणितले त्यहि भन्छ ।’