१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कोरोनालाई जितिएको घोषणा अहिले नै नगर्न फाउचीको चेतावनी


0
Shares

एजेन्सी । अमेरिकाका वरिष्ठ सरुवा रोग विषेशज्ञ एन्टोनी फाउचीले कोरोना भाइरसविरुद्धको लडाई अहिले नै जितिएको घोषणा गर्नु हतार हुने दाबी गरेका छन् ।

सङ्क्रमण रोगसम्बन्धी अमेरिकाको राष्ट्रिय संस्थाका निर्देशकसमेत रहेका फाउचीले कोरोना भाइरसबाट सङ्क्रमित र मृतकहरुको संख्या घटे पनि कोरोनालाई जितिसक्यो भन्न नहुने बताएका हुन्।

तर धेरैभन्दा धेरै व्यक्तिहरुले खोप लगाइसकेको र समुदायस्तरमै खोप अभियान पुगेकाले रोगबाट सुरक्षाको अवस्था भने राम्रो रहेको उनको भनाइ छ ।

अमेरिकी एक प्रतिष्ठित पत्रिकासँगको कुराकानीका क्रममा उनले कोरोना भाइरसको खतरा भने पूर्ण रुपमा अन्त्य भइनसकेको उल्लेख गरे । भाइरसको नयाँ नयाँ भेरियन्ट आइरहेकाले पनि खतरापूर्ण अवस्था भने रहिरहने उन तर्क छ ।

अमेरिका अहिले पनि सवैभन्दा धेरै सङ्क्रमितहरु भएको मुलुकमा पर्दछ । अमेरिकामा अहिलेसम्म कुल तीन करोड ४० लाख ४८ हजार ८ सय जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । ती मध्ये ६ लाख ९ हजार ७ सय ६७ जनाको मृत्यु भएको छ ।