१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


कोरोनाविरुद्धको खोप लगाउनेमा विश्वमै चीन सबैभन्दा अगाडी, अहिलेसम्म लगाइयो करिब एक अर्ब डोज


0
Shares

एजेन्सी, असार ४ । कोरोना भाइरसविरुद्धको खोप लगाउनेमा विश्वमै चीन सबैभन्दा अगाडी भएको छ । चीनले अहिलेसम्म आफ्ना नागरिकलाई करिब एक अर्ब डोज खोप लगाइसकेको छ ।

करिब एक अर्ब चालीस करोड जनता रहेको चीनले दुबै डोज खोप भने करिब ३० प्रतिशत जनसंख्यालाई लगाइसकेको जनाइएको छ ।

चीनको तुलनामा अरु विकसित देशमा खोप लगाउनेको संख्या कम छ भने खोप लगाउनेको गति पनि कम देखिएको हो । चीनले दैनिक साढे १६ करोड नागरिकलाई खोप लगाइरहेको छ ।

एक दिन अगाडी ९४ करोड नागरिकलाई खोप लगाइसकेको चीनले एक अर्ब नागरिकलाई खोप लगाएको घोषणा गर्न मात्र बाँकी रहेको हो । यो अमेरिकामा वितरित खोपको तुलनामा तीन गुणा बढी हो ।

जबकी विश्वमा दिइएको साढे दुई अर्ब खोपको ४० प्रतिशत चीनमा मात्र खपत भएको हो । २७ मार्चमा दश लाख डोज खोप लगाएको चीनले पछिल्ला महिनामा तीब्र गतिमा खोप लगाएको खबरहरुमा उल्लेख छ ।

चौतर्फी खोप लगाउने अभियान नै छेडेको चीनले देशभर ठूलो संख्यामा आफ्ना कर्मचारीलाई खटाएको मात्र छैन, सम्पूर्ण कार्यालयहरुलाई आफ्ना कर्मचारीलाई खोप लगाउन अनिवार्य गरिएको सीएनएनले जनाएको छ ।

एक तथ्यांकअनुसार अहिलेसम्म अमेरिकाले ३१ करोड, भारतले २५ करोड, ब्राजिलले ८ करोड तथा ब्रिटेनले ७ करोड डोज खोप लगाएको छ ।