
काठमाडौंं । एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपबाट ५ देशले नाम फिर्ता लिएका छन् । एसियन भलिबल महासंघका अनुसार प्रतियोगिताबाट ५ देशले नाम फिर्ता लिएका हुन् ।
प्रतियोगिताबाट चीन, इन्डोनेसिया, श्रीलंका, भियतनाम र न्युजिल्याण्डले नाम फिर्ता लिएका हुन् । प्रतियोगितामा अब नेपाल सहित आयोजक फिलिपिन्स, जापान, थाइल्याण्ड, कोरिया, काजकिस्तान, ताईवान, इरान, अष्ट्रेलिया, भारत, उज्वेकिस्तान र हङकङले सहभागीता जनाउनेछन् ।
यसअघि एसियन भलिबल एसोसियनसनले १७ वटा देशले प्रतियोगितामा सहभागी हुन पाउने जनाएको थियो । तर, ५ देशले नाम फिर्ता लिएपछि प्रतियोगिता खेल्ने देशको संख्या १२ पुगेको छ । यसअघि प्रतियोगिता चीनमा हुने तय भएको थियो । चीनले आयोजकको रूपमा नाम फिर्ता लिएपछि प्रतियोगिता फिलिपिन्स सरेको छ ।
प्रतियोगिता अगष्ट २९ देखि सेप्टेम्ब ५ सम्म हुँदैछ । आयोजकसहित शीर्ष वरीयताका १० राष्ट्रले प्रतियोगितामा सिधै सहभागिता जनाउन पाउनेछन् । त्यसपछि वेस्ट एसिया, सेन्ट्रल एसिया, इस्ट एसिया, साउथ इस्ट एसिया र ओसियाका ५ राष्ट्र प्रतियोगिताका लागि छनोट हुने व्यवस्था छ ।
बंगलादेशमा सम्पन्न पछिल्लो संस्करणको एभीसी सेन्ट्रल जोन महिला च्याम्पियनसिपको उपाधि हात पारेपछि नेपालले एसियन च्याम्पियनसिपमा सहभागीता जनाउने निर्णय गरेको थियो । नेपालले पहिलो पटक प्रतियोगितामा सहभागीता जनाउने तयारी गरेको हो । एसियन च्याम्पियनसिको तयारी स्वरूप नेपालको महिला टिमले बन्द प्रशिक्षण सुरु गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्