१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


सिम्फोनीका मोबाइल फोनहरु नेपाली बजारमा


13
Shares

काठमाडौं, असार २८ । बंगलादेशको चर्चित मोबाइल फोन ब्राण्ड सिम्फोनी (Symphony) नेपाली बजारमा भित्रिएको छ ।

बंगलादेशमा नम्बर १ ब्राण्डको रुपमा रहेको सिम्फोनीका मोबाइल फोनहरु हालै सिम्फोटेक प्रालि ले नेपाली बजारमा उपलब्ध गराएको हो ।

सिम्फोनी ब्राण्डका ५ स्मार्टफोन मोडलहरु कम्पनीले पहिलो चरणमा उपलब्ध गराएको छ । कम्पनीले सिम्फोनी Z-18, Z-28, Z-32, Z-30Pro र Z-40 स्मार्टफोन सार्वजनिक गरेको छ ।

कम्पनीले नेपाल मा भित्र्याएको सिम्फोनी ब्राण्डका फोनहरु अन्तर्राष्ट्रिय गुणस्तर र नविनतम प्रविधि, आधुनिक र युवा मैत्री डिजाइनका साथै अहिलेको अवस्थामा अनलाइन कक्षा का लागि उपयुक्त विशेषताहरु सहितका रहेका छन् ।

यी फोनहरु बजेट मूल्यमा अनलाइन कक्षाको लागी उत्कृष्ट फिचर र आकर्षक डिजाइनसहित आएका छन् । जसमा फोटोग्राफीको लागि ड्यूल र ट्रिपल क्यामरा सेटअप रहेको छ । कम्पनीका सेल्स म्यानेजररमार्केटिंग म्यानेजरद्धय राजेश चालिसे तथा गोबिन्द बस्यालले नेपाली बजारमा सिम्फोनी ब्राण्डका उत्कृष्ट मोबाइल फोनहरु ग्राहकहरुलाई सूपथ मूल्यमा उपलब्ध गराईने बताउनुभयो ।

‘हामीले पहिलो पटक बंगलादेशको नम्बर १ ब्राण्डको मोबाइल फोन नेपाली बजारमा ल्याएका छौं । यो ब्राण्डका फोनहरुमा प्रिमियम फिचर राखिएको छ भने अहिलेको युवा पुस्तालाई आकर्षित गर्ने किसिमको रहेको छ । हामीले यी फोनहरु अविश्वनिय मूल्यमा उपलब्ध गराउने छौं,’ सेल्स म्यानेजररमार्केटिंग म्यानेजरद्धय चालिसे र बस्यालले भन्नुभयो ।

उहाँहरुले सिम्फोनीका मोबाइलहरुमा बिक्रीपछिको सेवा अर्थात आफ्टर सेल्स सर्भिसलाई समेत उच्च प्राथमिकतामा राखिएको र ग्राहकहरुलाई पुर्ण सेवा दिन तयार रहेको बताउनुभयो ।

यसका साथ ग्राहक ले कम्पनी बाट मोबाइल सेट मा एक बर्षे वारंटी अनि ब्याट्री र चार्जरमा मा पनि एक बर्षे वारंटी पाउनु हूंछ ।

हाल सार्वजनिक गरिएको सिम्फोनी Z-40(4/64) र Z-30pro(4/64) को बजार मूल्य रु. 16,499/–, सिम्फोनी Z-32(3/32) र Z-28(3/32) को बजार मूल्य रु. 13,499/– र 12,999 /– र सिम्फोनी Z-18(2/32) को बजार मूल्य रु. 11,799/- तोकिएको छ ।

आगामी दिनमा कम्पनीले सिम्फोनी ब्राण्डका फिचर फोनहरुका साथै थप मोडलहरु भित्र्याउने तयारी समेत गरेको जनाएको छ ।