१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


पत्रकार त्रिपाठीको एकीकृत शक्ति नेपाल दल घोषणा


13
Shares

काठमाडौं । पत्रकार देव प्रकाश त्रिपाठीको नेतृत्वमा एकीकृत शक्ति नेपाल नामक नयाँ राजनीतिक दल घोषणा भएको छ ।

काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा सत्ताको लोभका लागि नभइ देश र जनताको हितको लागि भन्दै दल घोषणा गरिएको हो । घोषणासँगै सो दलले आरक्षण प्रणालीको विरोध गर्दै त्यसको खारेजीमा लाग्ने प्रण गरेको छ ।

अखण्ड, सुदृढ र सम्मानित सार्वभौमिकतासहितको एकताबद्ध नेपाल निर्माण गर्ने लक्ष सो दलले राखेको छ । त्रिपाठीको नेतृत्वमा गठित दलमा १५ पदाधिकारी र २४ सदस्य रहेका छन् ।

दल घोषणापछि भद्रकाली मन्दिर पुगेर सो पार्टीका उपाध्यक्ष रामप्रसाद उप्रेतिसहित कार्यसमितिका पदाधिकारीहरूले देश र जनताप्रति सधै बफादार रहने भनी सपथ लिएका थिए ।