
web pic
तनहुँ । पृथ्वी राजमार्ग अन्र्तगत तनहुँको मुसेखोलामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका–१८ पुरनचौर बस्ने २८ वर्षीय अर्जुन गौतम रहेका छन् । मृतकको शव पोस्र्टमाटमको लागि दमौली अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
शुक्रबार डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ७ ख ९२३७ नम्बरको ट्रक व्यास नगरपालिका–१२ स्थित मुेसेखोलामा अनियन्त्रित भइ पल्टिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
त्यस्तै दुर्घटनामा नवलपरासीका १४ वर्षीय बालक राजकुमार विक घाइते भएका छन् । उनको दमौली स्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्