
पाँचथर । उपचारका क्रममा एक बालिकाको ज्यान गएपछि जिल्ला अस्पताल दिनभर तनावग्रस्त बनेको छ ।
इन्जेक्सन लगाए लगत्तै तीन वर्षिया बालिका कृष्टिना थाम्सुहाङको निधन भएपछि मृतकका आफन्तले छानबिनको माग गर्दै अस्पतालबाहिर आन्दोलन गरेका हुन् ।
फालेलुङ गाँउपालिका–८ स्थायी घर भई फिदिम नगरपालिका–२ पल्लोटारमा बसोबास गर्दै आएका मृतक बालिका कृष्टिनाका बुवा कमल थाम्सुहाङले स्वास्थ्यकर्मीको लापरबाहीका कारण छोरीको ज्यान गएको आरोप लगाउनुभयो ।
सामान्य खोकी र ज्वरो आएपछि उपचारका लागि मंगलबार विहान कृष्टिनालाई अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यकर्मीले कृष्टिनालाई इन्जेक्सन लगाउने बित्तिकै उनी बेहोस भएको र केही समयमै ज्यान गएको काका युवराज थाम्सुहाङले जानकारी गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्