
वीरगन्ज । तीन महिना अघि वीरगञ्जबाट हराएकी ११ वर्षीया बालिकाको भारतको राजधानी नयाँ दिल्लीबाट सकुशल उद्धार गरिएको छ ।
साउनको अन्तिम साता हराएकी वीरगञ्ज महानगरपालिका–१५ लक्ष्मणवाकी सरिता कुमारी(नाम परिवर्तन) साउन २९ गते दिल्ली पुगेकी उनको उद्धार गरिएको हो ।
वीरगञ्जको सीमावर्ती भारतीय सहर रक्सौलबाट रेल चढेर उनी दिल्ली पुगेको उद्धारमा सक्रिय आफन्त नेपाल र भारतीय महावाणिज्य दूतावासले जनाएको छ ।
आफन्त नेपालका भारत प्रमुख नवीन जोशीले भारतीय प्रहरीले साउन २९ गते बालिकालाई दिल्लीको रेल्वे स्टेशनमा बेवारिशे अवस्थामा फेला पारेको जानकारी दिनुभयो ।
नेपाल सरकार, काठमाडौंस्थित भारतीय दूतावास, वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावास र नयाँ दिल्लीस्थित नेपाली दूतावासको सहयोगमा बालिकालाई स्वदेश ल्याउन सकिएको जोशीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्