१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


अभ्यास खेलका लागि महिला क्रिकेट टीम बिहीबार बंगलादेश जाँदै


0
Shares

काठमाडौं । अभ्यास खेलका लागि नेपाली महिला क्रिकेट टिम भोलि (बिहीबार) बंगलादेश जाने भएको छ ।

दुबईमा हुने आइसीसी महिला टी–२० विश्वकपको एशिया छनोटमा खेल्नुअघि नेपाल अभ्यास खेलका लागि बंगलादेश जान लागेको हो । बंगलादेशमा रहँदा नेपालले त्यहाँको ए र मिश्रित टोलीसँग अभ्यास म्याच खेल्ने छ ।

\त्यसपछि नेपाली टिम स्वदेश फर्र्किएर १४ नोभम्बरमा कतार जाने भएको छ । नेपालले कतारी टिमसँग पनि अभ्यास खेल खेल्ने छ । टी–२० विश्वकपको छनोटमा नेपालले पहिलो खेल नोभम्बर २२ मो दुबईस्थित आइसीसी एकेडेमीमा हङकङसँग खेल्नेछ ।

यस्तै नोभम्बर २३ मा भुटानसँग नोभेम्बर २५ मा कुवेत र लिग चरणको चौथो खेलमा नेपालको प्रतिद्वन्द्वी मलेसिया रहेको छ । लिगको अन्तिम खेलमा २८ तारिखमा युएईसँग खेल्नेछ । नेपाली महिला टिमले करिव दुई वर्षपछि अन्तराष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो ।

अन्तिमपटक घरेलु मैदानमा भएको दक्षिण एशियाली खेलकुद सागपछि महिला टिमले कुनै पनि अन्तराष्ट्रिय खेल खेलेको छैन । नेपाल क्रिकेट संघ क्यानले रुविना क्षेत्रीको कप्तानीमा खेलाडीको अन्तिम नामावली सार्वजनिक गरिसकेको छ ।