
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
३ हजार २ सय ५९ जनाको पीसीआर परीक्षण गर्दा २ सय ८७ जना र ३ हजार १ सय २५ जनाको एन्टिजेन परीक्षण गर्दा ६९ जना गरी ३ सय ५६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसै अवधिमा संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ५ सय १८ जना निको भएका छन् ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ८ हजार ९ सय १० पुगेको छ । मृत्यु हुनेको संख्या ११ हजार ४३६ पुगेको छ भने ७ लाख ९३ हजार ७८९ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ८ सय ९० जना रहेका छन् । जसमध्ये ८ हजार २३३ जना होम आइसोलेसनमा रहेका छन् भने ६ सय ५७ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये २ सय १५जना आईसीयू र ५७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
प्रतिक्रिया दिनुहोस्