
काठमाडौं । नयाँ भेरियन्ट ‘ओमिक्रोन’बारे छलफल गर्न कोभिड १९ संकट व्यवस्थापन समन्वयन कमिटी (सीसीएमसी) को बैठक आज बस्दैछ । कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेसँगै सीसीएमसीको बैठक बस्न लागेको हो । नयाँ भेरिएन्ट फैलिएको परिस्थितीबारे बैठकमा छलफल हुनेछ ।
कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएसँगै सरकारले सर्तकताको पहल सुरु गरेको छ । नेपालसँगको सीधा हवाइ उडान भएका मुलुकहरुमा कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमाक्रोन संक्रमण पुष्टि भएसँगै रोकथामको पूर्वतयारीबारे पहल सुरु गरेको हो ।
धेरै देशहरुले दक्षिण अफ्रिकासहित संक्रमण भेटिएका मुलुकमा उडान प्रतिबन्ध लगाएका छन । दक्षिण अफ्रिकामा पहिलोपटक पुष्टि भएको अत्यन्तै संक्रामक मानिएको ओमाक्रोन भेरिएन्टलाई डब्लुएचओले भेरिएन्ट अफ कन्सर्नको सूचीमा राखेको छ ।
दक्षिण अफ्रिकासँग नेपालको सीधा उडान नभएपनि हङकङजस्ता सीधा उडान भएका मुलुकमा संक्रमण पुष्टि भएपछि नेपाल सतर्क बनेको हो।
प्रतिक्रिया दिनुहोस्