१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


नेपाली निकासीयोग्य वस्तुहरूको प्रदर्शन सुरु


39
Shares

काठमाडौं । नेपाल निर्यात परिषद्ले छैठौं दिवसको अवसरमा नेपाली निकासीयोग्य वस्तुहरूको प्रदर्शन सुरु गरेको छ ।

परिषद्ले मंगलबार पत्रकार सम्मेलन गरी ठमेलको नेपाली घर होटलमा आगामी २२ गतेसम्म सीमित व्यवसायीको संलग्नतामा नेपाली निकासी योग्य वस्तुहरूकोे प्रदर्शन आयोजना सुरु भएको जनाएको हो ।

परिषद्का अध्यक्ष हरिबहादुर कार्कीले निकासीको तुलनामा आयात वृद्धि भएकाले व्यापारघाटा वृद्धि भएको बताउनुभयो ।

राष्ट्रको आर्थिक उन्नतिको लागि स्वदेशी उत्पादनहरूको उत्पादकत्व वृद्धि गरि आर्थिक स्थितिलाई सबल बनाउन सकेमात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’काे नाराले पूर्णता पाउने बताउनुभयाे ।

चर्को हवाई भाडा, दक्ष जनशक्तिको कमी, तरलताको संकट, चर्को बैंक ब्याजदर, नगद प्रोत्साहन प्राप्त गर्न प्रक्रियात्मक झन्झट लगायतले निर्यातमा प्रभाव पारेको उहाँको भनाइ छ ।