
एजेन्सी । बेलयतमा कोरोना महामारीका लािग भन्दै लगाइएका प्रतिबन्धहरु फुकुवा हुने भएको छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले डाउनिङ स्ट्रीट ब्रिफिङका क्रममा प्रतिबन्धहरु फुकुवा गरेरै कोरोना नियन्त्रण लिन सकिने अवस्था रहेकोले प्रतिबन्धहरु फुकुवाको घोषणा गर्नुभएको हो ।
आम मानिसलाई घरबाटै काम गर्ने व्यवस्था र मास्क अनिवार्य गरिएको उहाँले बताउनुभयो । देशमा ओमिक्रोन संक्रमण दर उच्च रहेको स्वीकार्दै उहाँले प्रतिबन्ध फुकुवा गर्दा केही हदसम्म असहज महसुस भए पनि हाललाई प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको बताउनुभयो ।
बेलायतमा आगामी १० जनवरी देखि दैनिक रुपमा १ लाखको दरले कोरोना परिक्षण गर्ने घोषणा पनि प्रधानमन्त्री जोन्सनले गर्नुभएको छ । जसमा खाद्य्य प्रशोधन, यातायात र उद्योग धन्दामा कार्यरत कर्मचारीहरुलाई प्राथमिकतामा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्