
एजेन्सी । भारतको चेन्नाइमा घरमा पालिएकाे एक कुकुरले ९ बर्षीया बालिकालाई १६ पटकसम्म टाेकेकाे छ । कुकुरको आक्रमण पश्चात बालिका गम्भीर घाइते भएकी छन् ।
बालिकाको पछाडी कुकुर लागेपछि बालिका डरले दौडिन थालिन्, त्यही क्रममा कुकुरले झन लखेट्न थाल्यो जब बालिका चिप्लिएर लडिन, तब कुकुरले उनलाई १६ पटक सम्म टोकेको हो ।
अहिले यो घटना सामाजिक सञ्जालमा निकै भाइरल भईरहेको छ । जसले समाजमा त्रास पनि फैलाएको छ । भिडियो भाइरल भएपछि प्रहरीले कुकुरको मालिकलाई गिरफ्तार गरिएको बताइएको छ ।
समाचार एजेन्सीकाअनुसार ती बालिका आफ्नो घर बाहिर खेलिरहेको अवस्थामा कुकुरले आक्रमण गरेको हो । घर मालिकले कुकुरलाई बाहिर डुलाउँदा बालिकालाई आक्रमण गरेको थियो ।
घटनाबारे अनुसन्धान गर्दा प्रहरीले यो घटना २८ डिसेम्बर २०२१ चेन्नाइको निलाम्बुरमा भएको बताएको छ । ती बालिका श्रीराम नगरको एक अपाटमेन्टमा आफ्नो परिवारसँग बस्दै आइरहेकी थिइन् ।
घटना देखेर वरिपरिका मान्छे जम्मा भएर बालिकालाई अस्पताल पुर्याएको बताइएको छ । ती बालिकाको अभिभावकले घटनाविरुद्ध प्रहरी समक्ष उजुरी गरी कुकुरको मालिकविरुद्ध मुद्दा दर्ता गरेका छन् । मुद्दा दर्ता भएपछि प्रहरीले कुकुरको मालिक बिजयलक्ष्मीलाई हिरासतमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्